बेक चीज म्याकरोनी

बेक चीज म्याकरोनी
आवश्यक सामग्री
म्याकरोनी (तेल–नुन हाली उमालेको) ३०० ग्राम
च्याउ (थोरै तेल हाली फ्राइ गरेको) १०० ग्राम
गालेभेंडा (हल्का उमाली बोक्रा निकालेको) आधा कप
लसुनको पेस्ट १ चिया चम्चा
बटर ५ टेबल चम्चा
चीज (कोरेसोमा कोरेको) २०० ग्राम
खुर्सानी, जीराको धूलो आधा चिया चम्चा
अण्डा (हल्का फिटेको) दुई वटा
नुन स्वादअनुसार
रिफाइन्ड तेल १ टेबल चम्चा



बनाउने विधि
सर्वप्रथम ओभनलाई करिब १६० डिग्री से. तापक्रममा तातो गर्नुपर्छ । यस बेलासम्म एउटा बावलमा अण्डा, बटर र आधा जति चीज हालेर राम्ररी फिट्नुपर्छ । अर्को एउटा ठूलो भाँडोमा च्याउ, गोलभेंडा, लसुनको पेस्ट, खुर्सानीको धूलो, जीराको धूलो, नुन र अण्डा हालेर राम्ररी चलाई मिलाउनुपर्छ । त्यसपछि यसमा उमालेर ठीक पारेको म्याकरोनी मिलाई माथिबाट बाँकी रहेको चीज र बटर हाल्नुपर्छ । सबै सामग्री मिलाएपछि बेक गर्ने भाँडोमा हालेर करिब १०–१२ मिनेट जति ओभनमा हाल्नुपर्छ । हल्का रातो तथा सुनौलो रंग हुनुका साथै राम्ररी सेट भएपछि निकाली सर्भ गर्न सकिन्छ ।